National life

२४ घण्टामा १८५४ चालक कारबाहीमा, लाखौँ राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.2kShares
२४ घण्टामा १८५४ चालक कारबाहीमा, लाखौँ राजस्व संकलन
ncell

काठमाडौं । पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने ठूलो संख्याका चालकहरू कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा १ हजार ८५४ जना चालकलाई विभिन्न ट्राफिक नियम उल्लंघनका आधारमा जरिवाना गरिएको छ।

कारबाहीबाट राज्यकोषमा करिब ४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

विवरणअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२५ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६६ जना, ट्राफिक संकेत उल्लंघन गर्ने १७९ जना र तीव्र गतिमा सवारी चलाउने १७१ जना कारबाहीमा परेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, लेन अनुशासन पालना नगर्ने २७ जना, निषेधित स्थानमा हर्न बजाउने १०४ जना, सडक पेटीमा पार्किङ गर्ने ६६ जना, एकतर्फी सडकमा सवारी चलाउने ११२ जना र अन्य विभिन्न नियम उल्लंघन गर्ने १ हजार ९०४ जना पनि कारबाहीको दायरामा आएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?