National life

३५ सय मै पाँच सदस्यको स्वास्थ्य बीमा,के कस्तो सेवा सुविधा पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ साउन २०८०, शनिबार
558Shares
३५ सय मै पाँच सदस्यको स्वास्थ्य बीमा,के कस्तो सेवा सुविधा पाइन्छ ?
ncell

आर्थिक भ्वाइस संबाददाता

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा कसरी आवद्ध हुने ?

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँचजना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्र्ने छ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखामुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि ५ जनाको परिवारले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका एक लाख बराबरको उपचार प्राप्तगर्न सक्नेछन् । भने अतिरिक्त सदस्य रहेको हकमा २० हजारका दरले बढ्दै जान्छ । त्यस्तै, सरकारले तोकेको १ हजार १ सय आठ किसिमको औषधी निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमाभने यो सेवा पाउने छैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?