National life

३६ वर्षीय बालेनले गरे प्रधानमन्त्रीको शपथ ग्रहण, विश्वकै बहालवाला कान्छा प्रधानमन्त्री बने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.6kShares
३६ वर्षीय बालेनले गरे प्रधानमन्त्रीको शपथ ग्रहण, विश्वकै बहालवाला कान्छा प्रधानमन्त्री बने
ncell

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। उनी विश्वकै बहालवाला कान्छा प्रधानमन्त्री समेत बनेका छन् ।

https://aarthikvoice.com/archives/85145

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो दिन राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। यो २०७२ सालको संविधान लागू भएको पछिका पहिलो अवसर हो जब सो धारा प्रयोग गरी प्रधानमन्त्री नियुक्ति भएको हो।

https://aarthikvoice.com/archives/85427

साथै, मधेशी समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने यो पहिलो घटना पनि हो। बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा भाग लिएका थिए।

https://aarthikvoice.com/archives/85206

पहिलो पटक प्रतिनिधि सभा सदस्य बनेका उनले झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतले पराजित गर्दै संसदमा प्रवेश गरे।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?