National life

४ निर्जीवन बीमा कम्पनीको ४२ करोड बढीको बीमा शुल्क संकलन, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
718Shares
४ निर्जीवन बीमा कम्पनीको ४२ करोड बढीको बीमा शुल्क संकलन, कुनको कति ?
ncell

काठमाडौँ। चालू आर्थिक वर्षको छ महिनासम्ममा हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूले ४२ करोड बढीको कुल बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त कम्पनीहरूले ४२ करोड २९ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको  तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा १२ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १० करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने स्टार माइक्रोले ९ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, ट्रस्ट माइक्रो लाइफले पनि ९ करोड ६८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। ४ लघु निर्जीवन बीमकले १ लाख ६८ हजार ४७१ वटा बीमालेख जारी गर्दै ४२ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?