National life

६० किलो सुन तस्करी प्रकरण : अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
633Shares
६० किलो सुन तस्करी प्रकरण : अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन
ncell

काठमाडौँ । ६० किलो सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरले समिति गठन गरेका छन् । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको हाे ।

सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् ।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन सङ्गठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?