National life

६ महिनाको अवधिमा साढे ७ खर्बको आयात , निर्यात ७.२३ प्रतिशतले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ माघ २०८०, मङ्गलबार
611Shares
६ महिनाको अवधिमा साढे ७ खर्बको आयात , निर्यात ७.२३ प्रतिशतले घट्यो
ncell

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ७ खर्बको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६६ लाख रुपैयाँको आयात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३.०९ प्रतिशतले कम वस्तु तथा सेवा आयात भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आवमा आयात घट्दा निर्यातमा पनि उच्च कमी आएको छ । विभागको तथ्यांक अनुसार चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा ७.२३ प्रतिशतले घटेको छ ।

नेपालबाट गत आवमा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले ७४ अर्ब ९६ करोड ८१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

विभागको तथ्यांकअनुसार चालु आवको ६ महिनाको अवधिमा २ खर्ब ९ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ८८ अर्ब १६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष ६.३४ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?