National life

१५ करोड बचत फिर्ता नगरेको मुद्दामा सहकारी अध्यक्ष पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.4kShares
१५ करोड बचत फिर्ता नगरेको मुद्दामा सहकारी अध्यक्ष पक्राउ
ncell

काठमाडौं । मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे सहकारी ठगीसम्बन्धी आरोपमा पक्राउ परेका छन्।

बचतकर्तालाई करिब चार वर्षदेखि रकम फिर्ता नगरेको भन्दै वाग्मती प्रदेश सरकार अन्तर्गतको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही आधारमा नेपाल प्रहरी को प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सहकारी ठगीसम्बन्धी आरोपमा थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन घिमिरेलाई पक्राउ गरिएको हो।

उक्त सहकारीले करिब १५० बचतकर्ताको झन्डै १५ करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?