National life
cg eloctronics

रविको थुनछेक बहस आज हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
1.2kShares
रविको थुनछेक बहस आज हुँदै
muktinatha bikash bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीको आरोपमा दायर भएको मुद्दामा आज पनि थुनछेक बहस हुँदै छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा सोमबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै राख्ने आदेश दिइएको थियो। हिजो मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी बहस आजका लागि तय भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आजको सुनुवाइमा लामिछानेका वकिलहरूले बहस गर्ने क्रम जारी रहनेछ। उनका तर्फबाट पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त र रमन श्रेष्ठले अदालतसमक्ष तर्क प्रस्तुत गर्नेछन्। लामिछाने माथि काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप लागेको छ।

यो प्रकरणमा उनीसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।यसअघि, पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्य दर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?