National life

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओ बन्द हुँदै, आजै अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
879Shares
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओ बन्द हुँदै, आजै अन्तिम मौका
ncell

काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने म्याद आज सकिँदैछ। कम्पनीले वैशाख १७ गतेदेखि स्थानीयका लागि सेयर निष्काशन सुरु गरेको थियो।

धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले कुल जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता साधारण सेयर सार्वजनिक गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीय लगानीकर्ताले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक तथा एनएमबि बैंकका सल्लेरी (सोलुखुम्बु) शाखाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको वित्तीय अवस्था मूल्यांकन गर्दै केयर रेटिङ्ग नेपालले ‘CARE-NP BB+’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम देखाउँछ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेडले सम्हालेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।














यो समाचार शेयर गर्नुहोस्
879SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?