National life

कहिले खुल्दैछ माउन्ट एभरेष्ट पावरको आईपीओ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
1.5kShares
कहिले खुल्दैछ माउन्ट एभरेष्ट पावरको आईपीओ ?
ncell

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले वैशाख १७ गतेदेखि निष्कासन प्रक्रिया सुरु गर्ने जनाएको हो।

कम्पनीले ८६ करोड रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर बिक्री गर्न अनुमति प्राप्त गरिसकेको छ। तीमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रभावित क्षेत्रभित्र पनि अत्यधिक प्रभावित र अन्य प्रभावित क्षेत्रका लागि फरक–फरक अनुपातमा शेयर बाँडफाँट गरिनेछ।

सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको कोटाबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। श्रम स्वीकृति लिएका नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाले भने माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी, सोलुखुम्बुस्थित शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी बीबी प्लस’ इस्यूअर रेटिङ दिएको छ, जसले दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम देखाउँछ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर आवेदन बन्द छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन खुला रहनेछ।

पहिलो चरणमा स्थानीय र विदेशमा रहेका नेपालीलाई शेयर वितरण गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्ने योजना बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?