National life

माउन्ट एभरेष्ट पावर आईपीओ: कति भाग्यमानी भए शेयरधनी?

आईपीओमा अत्यधिक आवेदन परेपछि गोलाप्रथा (लटरी) विधिबाट वितरण गरिएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
2.9kShares
माउन्ट एभरेष्ट पावर आईपीओ: कति भाग्यमानी भए शेयरधनी?
ncell

काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान उक्त प्रक्रिया टुंग्याइएको हो।

कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख २७ हजार ६ सय कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री खुला गरेको थियो। आईपीओमा अत्यधिक आवेदन परेपछि गोलाप्रथा (लटरी) विधिबाट वितरण गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राप्त विवरणअनुसार करिब २८ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोडभन्दा धेरै कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये अधिकांश आवेदन सदर भएपछि सीमित संख्यामा मात्र लगानीकर्ताले सेयर पाएका छन्।

बाँडफाँडको नतिजाअनुसार कुल सदर आवेदकमध्ये १ लाख ४२ हजार ७६० जनालाई जनही १० कित्ताका दरले सेयर दिइएको छ। बाँकी आवेदक भने सेयर नपाई खाली हात फर्किएका छन्।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
2.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?