National life

टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे २ लाख जनाले पाए १० कित्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०६ जेठ २०८३, बुधबार
1.4kShares
टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे २ लाख जनाले पाए १० कित्ता
ncell

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो।

आईपीओमा अत्यधिक आवेदन परेपछि गोलाप्रथा (लटरी) प्रणालीमार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर छुट्याएको थियो।

उक्त आईपीओमा कुल २९ लाख ४८ हजार ९६६ जनाले आवेदन दिएका थिए, जसमा २७ लाख ७१ हजार २५२ आवेदन स्वीकृत भएका छन्। योग्य आवेदकमध्ये २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

बाँकी रहेका ५ कित्ता सेयर भने थप पाँच जनालाई एक–एक कित्ताका दरले वितरण गरिएको छ।

लगानीकर्ताहरूले आईपीओको नतिजा मेरो सेयर र सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सक्नेछन्।













यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?