National life

टक्सार पिखुला खोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ चैत २०८२, आइतबार
1.1kShares
टक्सार पिखुला खोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
ncell

काठमाडौँ। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फागुन २७ गतेदेखि खुला गरिएको यो आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ हजार ६७ कित्ता शेयर बिक्रीका लागि निकालेको हो। विदेशमा रहेका नेपालीहरूका लागि खुला गरिएको यो शेयरमा अपेक्षाभन्दा धेरै आवेदन परेपछि पूर्वनिर्धारित समयअनुसार आज साँझ आवेदन बन्द गरिने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यद्यपि आयोजना प्रभावित स्थानीय बासिन्दाले भने चैत ११ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरको वेबसाइट वा मोबाइल एप प्रयोग गरेर पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?