National life

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ निष्कासन सुरु, यस्तो छ आवेदन विवरण

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.2kShares
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ निष्कासन सुरु, यस्तो छ आवेदन विवरण
ncell

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री आजदेखि खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा आम लगानीकर्तालाई आईपीओ जारी गरेको हो।

यस चरणअन्तर्गत कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ। कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सेयरमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता भोजपुर जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि, १० प्रतिशत अर्थात ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा ५ प्रतिशत अर्थात १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी सेयर अहिले सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट दिन सकिनेछ भने ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा प्रभु क्यापिटल लिमिटेड रहेका छन्।

लगानीकर्ताले यस आईपीओमा छिटोमा वैशाख २८ गतेभित्र र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?