National life

लघुवित्त क्षेत्र सुदृढ बनाउने प्रतिबद्धतासहित चौधरी पुनः अध्यक्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.3kShares
लघुवित्त क्षेत्र सुदृढ बनाउने प्रतिबद्धतासहित चौधरी पुनः अध्यक्ष
ncell

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक साधारण सभाबाट भगवती चौधरी पुनः अध्यक्षमा चयन भएकी छन्। संस्थापक अध्यक्षसमेत रहेकी चौधरीलाई यसपटक पनि निर्विरोध रूपमा नेतृत्वको जिम्मेवारी दिइएको हो।

नव–निर्वाचित अध्यक्ष चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनीयताको सपथ गराएका थिए। त्यस अवसरमा उनले लघुवित्त क्षेत्रको मूल उद्देश्य अनुरूप संस्थालाई थप सुदृढ बनाउँदै सामाजिक तथा आर्थिक सशक्तिकरणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चौधरी लामो समयदेखि ग्रामीण विकास, महिला तथा युवा सशक्तिकरण र स्वरोजगार प्रवर्द्धनका क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनले गाउँस्तरमा सामाजिक चेतना अभिवृद्धि, सरसफाइ र वातावरणीय सुधारसँगै वित्तीय साक्षरता अभियान पनि सञ्चालन गर्दै आएकी छन्।

सरकारले गैरसरकारी संस्थालाई वित्तीय मध्यस्थकर्ताको रूपमा काम गर्ने अनुमति दिएपछि चौधरीकै पहलमा फरवार्ड माइक्रोफाइनान्स स्थापना भएको थियो। हाल संस्थाले देशका ४० जिल्लामा फैलिएका ३८२ स्थानीय तहका करिब २ लाख ८४ हजारभन्दा बढी विपन्न परिवारलाई १५९ शाखामार्फत सेवा प्रदान गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?