National life
cg eloctronics

नेपालमा रेमिट्यान्सको बाढी, ३ महिनामै ७ खर्ब रुपैयाँ भित्रियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|०३ मंसिर २०८३, बिहिबार
1KShares
नेपालमा रेमिट्यान्सको बाढी, ३ महिनामै ७ खर्ब रुपैयाँ भित्रियो
muktinatha bikash bank

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।

२०८३ असोज महिनामा विप्रेषण आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रहेको थियो ।

everest bank

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २९.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,२१,८७९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ८२,३६९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,२३,४५९ र ७७,२५७ रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?