National life

अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ आजदेखि विक्री खुला, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
8.1kShares
अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ आजदेखि विक्री खुला, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आज असार १० गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
8.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?