National life

अर्थमन्त्रीले प्रधानमन्त्रीलाई भेटे, आगामी बजेट तयारीमा छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.2kShares
अर्थमन्त्रीले प्रधानमन्त्रीलाई भेटे, आगामी बजेट तयारीमा छलफल
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा सरकारको हालै पारित नीति तथा कार्यक्रम तथा आगामी बजेट निर्माणका प्राथमिकताबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आर्थिक नीति, बजेट तयारी र समग्र आर्थिक रणनीतिका विषयमा केन्द्रित छलफलपछि अर्थमन्त्री वाग्ले केहीबेरअघि प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले अघि सारेका योजना तथा कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच विचारविमर्श भएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?