National life

आज चौथो पटक देशको प्रधानमन्त्री बन्दै ओली, अर्थमा विष्णु पौडेलको सम्भावना चुलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
567Shares
आज चौथो पटक देशको प्रधानमन्त्री बन्दै ओली, अर्थमा विष्णु पौडेलको सम्भावना चुलियो
ncell

काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै प्रतिनिधिसभाका दुई ठुला राजनीतिक दलको सहकार्यमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुने भएका छन् । अध्यक्ष ओलीको लागि यो चौथो पटक प्रधानमन्त्री हुने मौका जुरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत गुमाए लगत्तै शुक्रवार साँझ राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरेसँगै नेपाली कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरेको थियो ।

असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

ओली बाहेक अन्य दलले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने सम्भावना नभएकाले ओली नै प्रधानमन्त्री नियुक्त हुने पक्कापक्की भएको छ । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भए लगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरेका हुन्।

चौथो पटक प्रधानमन्त्री बन्न लागेका एमाले अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन्। कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनोट गर्ने निर्णय गरिसकेको छ। कांग्रेस सभापति देउवा नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्री पठाउने तयारीमा जुटेका छन् ।

एमालेबाट अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको सम्भावना चुलिएको भए पनि अन्य मन्त्रीको भने टुङ्गो लाग्न सकिरहेको छैन । सरकारमा एमालेले प्रधानमन्त्रीसहित आठ र कांग्रेसले गृहमन्त्रीसहित ९ मन्त्रालय पाउने सहमति कांग्रेस र एमालेले गरेका छन्। २१ मन्त्रालयमध्ये अन्य केही मन्त्रालय साना दललाई दिने सहमति एमाले र कांग्रेसले गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?