National life

आज परराष्ट्र मन्त्री डा.आरजु राणा चीन भ्रमणमा जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
632Shares
आज परराष्ट्र मन्त्री डा.आरजु राणा चीन भ्रमणमा जाँदै
ncell

काठमाडौँ। परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा आज (बिहीबार) चीनको भ्रमणमा जाँदै छिन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लागेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री राणाको नेतृत्वमा एक टोली आज चिन तर्फ जान लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मंसिर १५ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले उल्लेख गरेको छ ।

भ्रमणका क्रममा परराष्ट्र मन्त्री राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा उनीहरूले प्रधानमन्त्री ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?