National life

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त गर्ने सरकारको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
955Shares
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त गर्ने सरकारको तयारी
ncell

काठमाडौँ । आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ६ बजेका लागि बैठक बोलाइएको हो ।

आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने सम्भावना देखिएको छ। सरकारले गत बुधवार गभर्नर सिफारिस समिति गठन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने सहमति जुटेको छ ।

समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषद्ले अनुमोदन गर्ने जनाइएको छ।

गभर्नर बन्ने भन्दै यसअघि सिफारिस समितिमा रहेका डाक्टर विश्व पौडेलले राजीनामा दिएका छन्। सरकारले उनैलाई गभर्नर बनाउने तयारी गरेको छ।  सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अदालतले सो मुद्दालाई दरपिठ गरेको थियो।

गभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ गते कार्यकाल सकिए पनि राजनीतिक दाउपेचका कारण सरकारले अझै गभर्नर नियुक्त गर्न सकेको छैन। यसअघि बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति भएको भन्दै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, कामु गभर्नर डाक्टर निलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि सरकारले उनलाई गभर्नर बनाउन सकेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
955SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?