National life

थाइल्यान्ड भ्रमण जानुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक: के गभर्नर टुङ्गो लाग्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
707Shares
थाइल्यान्ड भ्रमण जानुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक: के गभर्नर टुङ्गो लाग्ला ?
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

थाइल्यान्ड भ्रमणको पूर्व सन्ध्यामा रहेका प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएसँगै गभर्नर नियुक्तिमा केही निर्णय आउन सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओली भोलिदेखि चार दिनको ९चैत १९ देखि २३ सम्म० थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन जादैछन् ।

यसर्थ आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको लागि केही निर्णय आउन सक्ने सम्भावना देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आजको बैठकले गभर्नर नियुक्ति सम्बन्धी निर्णय गर्ने सम्भावना अधिक देखिएको भएपनि हालसम्म गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले उम्मेदवारको नाम भने सिफारिस गरेको छैन ।

आजको मन्त्रीपरिषद्को बैठकमा सिफारिस समितिले नाम सिफारिस गरेमा १८औँ गभर्नर चुनिने छन् । आजको बैठकले गभर्नर नियुक्ति नगरेमा भने प्रधानमन्त्रीको भ्रमण सकिएपछि मात्र राष्ट्र बैंकले गभर्नर पाउने छ ।

गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलसहितको समिति गठन गरेको छ ।

गभर्नर अधिकारीको कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। यता, गभर्नर बन्ने रेसमा हालका डेपुटी गभर्नरहरूसँगै, राष्ट्र बैंककै हालका र पूर्व कार्यकारी निर्देशकहरू लागिरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?