National life

आजदेखि कालिञ्चोक हाईड्रोपावरको आईपीओ खुला, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ फागुन २०८२, बुधबार
1.2kShares
आजदेखि कालिञ्चोक हाईड्रोपावरको आईपीओ खुला, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौँ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले गत माघ १९ गते नेपाल धितोपत्र बोर्ड बाट रु १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता, कुल १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। रु ५५ करोड कुल जारी पूँजीमध्ये २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरिँदैछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमध्ये: १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता (रु. ५ करोड ५० लाख) आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाउँपालिका–८ तथा कालिञ्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ८ लाख २५ हजार कित्तामध्ये १० प्रतिशत अर्थात ८२ हजार ५०० कित्ता श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।

आवेदन सीमा:

आयोजना प्रभावित स्थानीय: न्यूनतम १० कित्ता, अधिकतम १० हजार कित्ता। वैदेशिक रोजगारीमा रहेका नेपाली: न्यूनतम १० कित्ता, अधिकतम ४ हजार कित्ता।

निष्कासन अवधि:

आयोजना प्रभावित क्षेत्र: छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गतेसम्म।

वैदेशिक रोजगारीमा रहेका नेपाली: छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म।

कम्पनीले तोकिएको समयसीमाभित्र आवेदन दिन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?