National life

आफ्ना सदस्य ग्राहकलाई भाटभटेनीले साढे २२ करोड रुपैयाँको उपहार दिने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ माघ २०८१, शुक्रबार
674Shares
आफ्ना सदस्य ग्राहकलाई भाटभटेनीले साढे २२ करोड रुपैयाँको उपहार दिने घोषणा
ncell

काठमाडौँ । भाटभटेनी सुपर स्टोरले साढे २२ करोड रुपैयाँ बराबरको उपहार दिने घोषणा गरेको छ। भाटभटेनीले आफ्ना सदस्य रहेका नियमित ग्राहकहरू मध्येबाट गिफ्ट भौचरमार्फत उक्त रकम बराबरको उपहार उपलब्ध गराउने घोषणा गरेको छ।

यस्तो उपहार प्राप्त गर्नेले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभरका २७ वटा भाटभटेनी स्टोर्स, जहाँबाट पनि किन्न सक्ने भाटभटेनीले जनाएको छ।

भाटभटेनीकाका अनुसार कम्तीमा १३ सय रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर सदस्यहरूलाई बाँडिने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी बाँडिने गिफ्ट भौचर कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबरको हुनेछ। गिफ्ट भौचर २०८१ माघ ६ गतेदेखि फागुन ९ गतेसम्म बाँडिनेछ।

भाटभटेनीका नियमित ग्राहकहरूमा गत वर्ष एक लाख ९ हजार ५२९ जना गिफ्ट पाउन योग्य बनेका छन्। भाटभटेनीले किनमेल गर्ने ग्राहकलाई मोबाइल नम्बरको आधारमा सदस्यता प्रदान गर्दै आएको छ। ग्राहकले निश्चित रकम बराबरको सामान किन्दा त्यसको आधारमा अंक (प्वाइन्ट) बन्छ। यिनै अंकको आधारमा उपहार योजना बनाइने व्यवस्था छ।

भाटभटेनीले आफ्ना ग्राहकका लागि बेला बेलामा विभिन्न सुविधा प्याकेज घोषणा गर्दै आएको छ। साथै, भाटभटेनी सुपर स्टोर्स बाहेक यसका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन्।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?