पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई भ्रष्टाचारको मुद्दामा बुधवार एउटा अदालतले १४ वर्षको कारावास सजाय सुनाएको छ।
यसअघि खानलाई राज्यको गोपनीयता भङ्ग गरेको अर्को अभियोगमा मङ्गलवार १० वर्षको जेल सजाय सुनाइएको थियो।
दुवै सजाय सँगसँगै जाने ठानिएको छ। तर त्यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।
पाकिस्तानमा हुन लागेको निर्वाचनको एक साताअघि खानलाई दुइटा मुद्दामा सजाय तोकिएको हो।
सन् २०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीबाट हटाएका खानले यसअघि नै भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर भएपछि तीन वर्षको कैद भोगिरहेका छन्।
उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका छन्।
भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामाबादस्थित एउटा अदालतले सजाय सुनाएपछि खानकी पत्नी बुशरा बिबी जेल पुगेकी थिइन्। उनलाई त्यहीँ पक्राउ गरिएको हो।
खानले बुधवार सुनाइएको फैसलाबारे टिप्पणी गरिसकेका छैनन्। यद्यपि उनले मङ्गलवारको फैसलाको चर्को आलोचना गरेका थिए।
सामाजिक सञ्जाल एक्समा मङ्गलवार सार्वजनिक एउटा विज्ञप्तिमा उनले आफ्ना समर्थकहरूलाई “शान्त रहँदै फेब्रुअरी ८ आफ्नो मतद्वारा प्रत्येक अन्यायको प्रतिशोध लिन“ आह्वान गरेका थिए।
उनले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक उद्देश्यले प्रेरित भएको बताएका छन्।
भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्ने इस्लामाबादस्थित एउटा अदालतले सजाय सुनाएपछि खानकी पत्नी बुशरा बिबी जेल पुगेकी थिइन्। उनलाई त्यहीँ पक्राउ गरिएको हो।
खानले बुधवार सुनाइएको फैसलाबारे टिप्पणी गरिसकेका छैनन्। यद्यपि उनले मङ्गलवारको फैसलाको चर्को आलोचना गरेका थिए।
सामाजिक सञ्जाल एक्समा मङ्गलवार सार्वजनिक एउटा विज्ञप्तिमा उनले आफ्ना समर्थकहरूलाई “शान्त रहँदै फेब्रुअरी ८ आफ्नो मतद्वारा प्रत्येक अन्यायको प्रतिशोध लिन“ आह्वान गरेका थिए। बिबिसी