National life

एनआइसी एसिया बैंकले पोखराबाट उद्घाटन गर्‍यो मास्टरकार्ड सेवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असार २०८१, आइतबार
676Shares
एनआइसी एसिया बैंकले पोखराबाट उद्घाटन गर्‍यो मास्टरकार्ड सेवा
ncell

एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने भएको छ। सोही उद्देश्यका साथ बैंकले मास्टरकार्ड इस्युएन्स सेवा सञ्चालनमा ल्याएको हो।

आइतबार पोखरामा विशेष कार्यक्रमका साथ बैंकले कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको जनाएको छ। डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयहरुबाट ग्राहकले पाउन सक्नेछन्।

बैंकका अनुसार यसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पस तथा ई–कमर्स भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

‘डिजिटल फर्स्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्‍याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ।

कार्ड बैंकिङ सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एसिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?