काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। जेठ २० गतेसम्म अन्तिम समय रहेको सो सेयरका लागि कार्यालय समयसमम्म मात्र यसमा आवेदन दिन मिल्ने व्यवस्था छ। यसमा लगानीकर्ताले न्यूनतम ७ सय ५८ रुपैयाँ भाउ राखेर आवेदन दिन मिल्ने प्रावधान हरेकको छ भने आवेदकहरुले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने भन्दै लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ कम्पनीले जनाएको छ ।


































