National life

सूर्यज्योति लाइफका बीमित र अभिकर्ताले एनआईसी एशिया बैंकको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड चलाउन पाउने सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ माघ २०८२, बिहिबार
1.2kShares
सूर्यज्योति लाइफका बीमित र अभिकर्ताले एनआईसी एशिया बैंकको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड चलाउन पाउने सहमति
ncell

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच रणनीतिक सहकार्यको सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूले एनआईसी एशिया बैंकबाट लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका हुन्।

यस सहकार्यबाट सूर्यज्योति लाइफका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क तिर्नु नपरी क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकका अनुसार यसले आकस्मिक वित्तीय आवश्यकताको व्यवस्थापन गर्न सहज बनाउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई समेत प्रोत्साहन गर्नेछ ।

ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिएको यो सहकार्यले सूर्यज्योति लाइफमा आबद्ध बीमित तथा अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा थप मजबुत रूपमा जोड्ने विश्वास बैंकले लिएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?