National life

एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ वैशाख २०८२, मङ्गलबार
661Shares
एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले ‘७% एनआईसी एशिया डिबेञ्चर २०९१’ बाँडफाँड गरेको छ। चैत २५ देखि २८ गतेसम्म निष्कासन गरिएको उक्त ऋणपत्र चैत ३१ गते बाँडफाँड गरिएको हो । ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर १० वर्षे अवधिको रहेको छ ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअन्तर्गत ३० लाख कित्ता व्यक्तिगत र २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

सर्वसाधारणलाई छुट्याइएकोमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकीका लागि आवेदन खुला गरिएको थियो। बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएकालाई आइतबार बाँडफाँड गरिएको बैंकले जनाएको छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?