National life

एनएलजी इन्सुरेन्सको बीमा कोषको आकार ३४.१९% ले वृद्धि ,अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
647Shares
एनएलजी इन्सुरेन्सको बीमा कोषको आकार ३४.१९% ले वृद्धि ,अन्य सूचक कस्ता ?
ncell

एनएलजी इन्सुरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४ करोड ८९ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड १४ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अर्थतन्त्रमा देखिएको संकुचनका कारण कम्पनीको नाफा थोरैले घट्न पुगेको हो।

यस अवधिमा कम्पनीले १३ करोड ५१ लाख १९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ५७ लाख ८४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यस समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार पनि ३४.१९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड ८१ रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.७१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१४.३० रुपैयाँ छ ।

यसअवधिमा यसको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ छ । कम्पनीले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्दैछ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?