National life

एलआइसी नेपालको २४ औँ वार्षिक साधारण सभा सम्पन्न( भिडियो सहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
1.8kShares
एलआइसी नेपालको २४ औँ वार्षिक साधारण सभा सम्पन्न( भिडियो सहित )
ncell

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार जावलाखेलमा कम्पनीका प्रबन्ध निर्देशक रत्नाकर पटनायकको अध्यक्षतामा सभा समपन्न भएको हो।

कम्पनीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लाभांस वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको छ। सभाले चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँको २१.०५२६ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=fPcrAfIdrtU

जसअनुसार २० प्रतिशत नगद लाभांश वापत १ अर्ब १० करोड रुपैयाँ र १.०५२६ प्रतिशत कर प्रयोजनका लागि ५ करोड ७८ लाख ८४ हजार रुपैयाँ गरी कुल १ अर्ब १५ करोड ७८ लाख ८४ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

यसैबीच सभाले लेखा परीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।

सभामा कम्पनीको काठमाडौँ शाखामा कार्यरत टीओटी पूर्ण बहादुर खड्का, हेटौँडा शाखामा कार्यरत टिओटी राम कुमार अधिकारी र काठमाडौँ नक्साल शाखाका ब्रान्च म्यानेजर अंकित सुवेदीलाई सम्मान गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?