National life

कमसल सिमेन्ट बेचेर ठगी गरेको आरोपमा मारुती सिमेन्टका सञ्चालकसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
930Shares
कमसल सिमेन्ट बेचेर ठगी गरेको आरोपमा मारुती सिमेन्टका सञ्चालकसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी
ncell

काठमाडौं । मारूती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । कमसल सिमेन्ट बेचेको कसुरमा उनिहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको हाे ।

ठगीसम्बन्धी कसुरमा राठीसहित उनका छोरालगायतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ अनुमति लिएको हो । उनिहरूलाई कमसल सिमेन्ट बेचेर ठगी गरेको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पक्राउ पुर्जी जारी हुनेमा मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साह छन् । बिजनेस डाइरेक्टर ज्योति शर्मा भने पक्राउ परेका छन् । उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको हो ।

प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीका अनुसार राजविराज नगरपालिका घर भएका पत्रकार दिवाकर साहले घर बनाउँदा मारूती सिमेन्ट प्रयोग गरेको तर ढलान नै भत्किएको भन्दै उनीहरूविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
930SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?