National life

बिनाअनुसन्धान मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएकोमा संघको आपत्ति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
568Shares
बिनाअनुसन्धान मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएकोमा संघको आपत्ति
ncell

काठमाडौँ । मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको भन्दै नेपाल सिमेन्ट उतपादक संघले आपत्ति जनाएको छ । संघले बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको भन्दै आपत्ति जनाएको हाे ।

कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो । सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ ।

पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ ।

 

याे पनि :


  • कमसल सिमेन्ट बेचेर ठगी गरेको आरोपमा मारुती सिमेन्टका सञ्चालकसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • यो समाचार शेयर गर्नुहोस्
    568SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?