National life

‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
760Shares
‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप
ncell

काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाईको सार्वजनिक निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । यो योजनाको इकाई बिक्री छिटोमा फागुन २ गते हुने तय गरिएको थियो । तर अब यो योजनामा फागुन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको ‘कुमारी सबल योजना’को १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक कुमारी क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्धक कुमारी बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?