National life

क्यानविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन खेलकुद मन्त्रालयको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.1kShares
क्यानविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन खेलकुद मन्त्रालयको निर्देशन
ncell

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीसम्बन्धी छानबिनमा सहयोग नगरेको आरोपपछि मन्त्रालयले अन्तिम पटक स्पष्टिकरण माग्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। वैशाख १४ गते पठाइएको पत्र २३ गते राखेपमा दर्ता भएको जनाइएको छ।

मन्त्रालयका अनुसार २०८१ सालमा परेको उजुरीपछि विभिन्न निर्णयमार्फत छानबिन समिति गठन भए पनि क्यानले आवश्यक कागजात उपलब्ध नगराएको पाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खेलकुद विकास ऐन २०७७ अनुसार अभिलेख उपलब्ध गराउने कानुनी दायित्व भए पनि त्यसको पालना नभएको मन्त्रालयको दाबी छ।

मन्त्रालयले अन्तिम चेतावनीसहित क्यानलाई स्पष्टीकरण दिन भनेको छ। यदि स्पष्ट जवाफ नआएमा निलम्बनसम्मको कारबाही अघि बढाउने सम्भावना रहेको उल्लेख गरिएको छ।

अब क्यानबाट जवाफ नआएमा खेलकुद ऐनको प्रावधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई निर्देशन दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?