National life

नवीकरण नगर्ने खेल संघ खारेज हुने चेतावनी, राखेप सक्रिय

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
944Shares
नवीकरण नगर्ने खेल संघ खारेज हुने चेतावनी, राखेप सक्रिय
ncell

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता भएका खेल संघहरूलाई असार १५ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्न निर्देशन दिएको छ। परिषद्ले पटक–पटक सूचना जारी गरे पनि अपेक्षित रूपमा कार्यान्वयन नभएपछि अन्तिम समयसीमा तोकेर पुनः सूचना जारी गरेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार नवीकरण प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयभित्र नवीकरण नगर्ने संघहरूलाई कानुनअनुसार खारेजी प्रक्रिया अघि बढाइने राखेपले चेतावनी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राखेपका अनुसार दर्ता भएका ७५ खेल संघमध्ये हालसम्म ३३ वटा संघले नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। यसमा नेपाल क्रिकेट संघ (क्यान) पनि समावेश रहेको बताइएको छ।

नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण प्रतिवेदन तथा कम्तीमा एक राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ। आवश्यक कागजात उपलब्ध नभएका कारण पनि केही संघहरूले नवीकरण नगरेको पाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?