National life

गणपति लघुवित्तको नाफामा १४.९७ % ले वृद्धि, कर्जा प्रवाहमा समेत प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ माघ २०८१, शुक्रबार
893Shares
गणपति लघुवित्तको नाफामा १४.९७ % ले वृद्धि, कर्जा प्रवाहमा समेत प्रगति
ncell

काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

जस अनुसार संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९७ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ करोड ७ लाख रुपैयाँ नाफा कमाएकोमा थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

सञ्चालन नाफा गत आवमा १ करोड ५३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ५ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।

चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड रुपैयाँ र सञ्चित मुनाफा ८३ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिएर ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेकोमा चालू आवमा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ।

कम्पनीको कर्जा प्रवाह भने २ अर्ब ५ करोडबाट बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ८३ लाख ३० हजार रुपैयाँ र रिजर्भ ४ करोड २ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८३ लाख ३० हजार रुपैयाँ रहेको छ।  खराब कर्जा ४ दशमलव १३ प्रतिशत छ।

यो समाचार शेयर गर्नुहोस्
893SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?