National life

गत वर्षको तुलनामा महिला लघुवित्तको खुद नाफामा २३ प्रतिशतले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
673Shares
गत वर्षको तुलनामा महिला लघुवित्तको खुद नाफामा २३ प्रतिशतले गिरावट
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले  ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत वर्षको यस अवधिको तुलनामा भने २३ प्रतिशतले कमी हो । गत वर्षको यस अवधिमा लघुवित्तले ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

२० करोड ५८ करोड रहेको उक्त आम्दानी अहिले घटेर ११ करोड ६३ लाख कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लघुवित्तको खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको मान्न सकिन्छ ।  यता, यसले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । संस्थाले ३ करोड ५६ लाख रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ । गत वर्षको चैतसम्म यसको इम्पेयरमेन्ट चार्ज ३ करोड २६ लाख रुपैयाँ बराबरको थियो ।

महिला लघुवित्तको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १७ करोड ८५ लाख जम्मा छ । यसको वितरणयोग्य नाफा ३ करोड ६४ लाख रहेको छ । यस लघुवित्तको प्रतिसेयर आम्दानी ७.४९ रुपैयाँले घटेर २४.६८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०१.८६ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?