National life

गभर्नर अधिकारी मङ्गलवारदेखि बिदामा बस्ने, कायममुकायम जिम्मा डेपुटी गभर्नर ढुङ्गानालाई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ चैत २०८१, सोमबार
741Shares
गभर्नर अधिकारी मङ्गलवारदेखि बिदामा बस्ने, कायममुकायम जिम्मा डेपुटी गभर्नर ढुङ्गानालाई
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मंगलवारबाट बिदामा बस्ने भएका छन्। आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य बिदामा बस्न लागेका हुन्।

५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ। कार्यकालको अन्तिम समयमा रहेका उनले राष्ट्र बैंकमा १० दिने बिदा लिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भोलिबाटै बिदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा.नीलम ढुंगानाले पाएका छन् । गभर्नर अधिकारी अनिवार्य बिदामा बस्न लागेका हुन्।

राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विकको एक कार्यक्रममा वित्तीय साक्षरता विद्यालय तहमै लागू गर्न छलफलमा रहेको बताएका अधिकारी भोलिबाट बिदामा बसेर चैत १५ गते राष्ट्र बैंकमा फर्किनेछन्।

त्यसपछि  कार्यकालको बाँकी रहेको ९ दिनमा उनले राष्ट्र बैंकबाट बिदा लिने कार्ययोजना छ। उनको बिदा र बाकी रहेको समय अवधि तुलना गर्दा उनी अब एक हप्ता मात्रै गभर्नरको  रूपमा रहने छन् ।

यो समाचार शेयर गर्नुहोस्
741SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?