National life

गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर अधिकारीलाई नियुक्त गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ वैशाख २०८२, बुधबार
1.2kShares
गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर अधिकारीलाई नियुक्त गर्ने
ncell

काठमाडौं । सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई सो ठाउँमा ल्याउने निर्णय बुधबारको मन्त्रिपरिषद्ले गरेको हो ।

https://www.youtube.com/watch?v=f9ReY_7r0Fc

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ को उपदफा २ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्ले १० चैतमा सिफारिस समिति गठन गरेको थियो ।

समितिमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा। डा। विश्वनाथ पौडेल र भट्टराई सदस्य थिए । पूर्वगभर्नरको हैसियतमा भट्टराई सदस्य रहेकोमा सोही हैसियतमा अधिकारीलाई सिफारिस समितिमा राखिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?