National life

गुठी किसानको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
506Shares
गुठी किसानको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह
ncell

काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै शर्माले गुठी किसानसँग वार्ता गरी गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गरेकी हुन् ।

“विगत ३२ दिनदेखि सङ्घर्षरत मोही किसानको मागको सुनुवाइ हुन सकेको छैन”, सांसद शर्माले भनिन्, “सडकबाट किसानले उठाएको र सदनमा सांसदले ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल समस्या समाधान गर्न अनुरोध गर्दछु।” उनले भनिन्

गत माघ २० गतेदेखि स्वर्गद्वारी गुठी पीडित मोही किसान माइतीघर मण्डलामा धर्ना दिइरहेको बताउँदै उनले गुठी किसानलाई जग्गाधनी पुर्जा जारी गर्न माग गरेकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?