National life

चाउचाउ,पास्ता,कुरमुरेदेखि मदिरासम्ममा अन्तःशुल्क बढ्यो, कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ जेठ २०८०, मङ्गलबार
1KShares
चाउचाउ,पास्ता,कुरमुरेदेखि मदिरासम्ममा अन्तःशुल्क बढ्यो, कुनमा कति ?
ncell

चाउचाउ,पास्ता,कुरमुरे,देखि मदिरासम्ममा वस्तुमा अन्तःशुल्क बढ्यो कुनमा कति ?

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेर बजेट ल्याएका छन् । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् ।

आर्थिक विधेयकअनुसार कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो २० पु¥याइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आलु चिप्स प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा रू एक बढाएर रू १८ पु¥याइएको छ ।

अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, लसान्या, नोकी, राभिओली, कुकु (उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायतका वस्तुमा प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिकिलो रू २० पु¥याइएको छ ।

सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस), भोगटेको रस, भुइँकटहरको रस, गोलभेँडाको रस (टमाटो जुस), अङ्गुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रोकार्पन जुसलगायत वस्तुमा प्रतिलिटर रू ११ बाट बढाएर रू १३ पु¥याइएको छ ।

सुर्तीरहित पान मसला प्रतिकिलो रु आठ सय २१ बाट बढाएर आठ सय ५० पु¥याइएको छ । त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारी (गुट्खा) को अन्तःशुल्क प्रतिकिलो रू तीन सय ५० बाट बढाएर रू तीन सय ६५ पु¥याइएको छ ।

उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको छ । सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल रू एक सय पाँच पु¥याइएको छ ।

फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम सात सय १० रुपैयाँ अन्तःशुल्क रहेकोमा त्यसलाई रू सात सय ३० पु¥याइएको छ । सत्तरी मिमिसम्मको लम्बाइ भएको चुरोटमा एम एक हजार छ सय २५ बाट बढाएर रू एक हजार छ सय ९० पु¥याइएको छ । सत्तरी देखि ७५ मिमिसम्म लम्बाइ भएकोमा प्रति एम रू दुई हजार तीन सय, ७५ देखि ८५ मिमिसम्मकोमा प्रतिएम रू दुई हजार नौ सय ७० अन्तःशुल्क तोकिएको छ ।

जर्दा, खैनी, नस, गुटखा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो रू आठ सय २१ अन्तःशुल्क लाग्ने गरेकोमा त्यो बढेर प्रतिकिलो रू आठ सय ५० पु¥याइएको छ ।

असीदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिटमा प्रतिलिटर रू ३० अन्तःशुल्क लाग्ने गरेकोमा रू ३५ पु¥याइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थको रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिटहरूको अन्तःशुल्क प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पु¥याइएको छ ।

पन्ध्र यु पी शक्तिको (४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार सात सय ५० बाट रू एक हजार आठ सय पु¥याइएको छ । त्यस्तै, ३० यु पी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको) तयारी मदिरामा प्रतिलिटर रू एक हजार दुई सय १५ बराबर अन्तःशुल्क लाग्ने गरेको थियो । त्यसलाई बढाएर प्रतिलिटर रू ३५ बढाएर रू एक हजार दुई सय ५० पु¥याइएको छ ।

मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

ह्विस्कीको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर प्रतिलिटर रू दुई सय ३५ पु¥याइएको छ । त्यस्तै रम र अन्य स्प्रिटहरूको कच्चा पदार्थको रूपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पु¥याइएको छ ।

अल्कोहलरहित बियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर ३५, जौबाट बनेको बियर प्रतिलिटर रू दुई सय २८ बाट बढाएर रू दुई सय ३५ पु¥याइएको छ । एक्स्ट्रा न्युट्रल अल्कोहल (इएनए) प्रतिलिटर रू ८६ बाट बढाएर प्रतिलिटर रू ९० पु¥याइएको छ ।

पन्ध्र यु पी शक्तिको ह्विस्की (४८ दशमलव पाँच प्रतिशत) अल्कोहल मात्रा भएकोलाई प्रतिलिटर रू एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार आठ सय पु¥याइएको छ । त्यस्तै २५ यु पी शक्ति (४२ दशमलव आठ प्रतिशत अल्कोहल) भएको ह्विस्कीमा प्रतिलिटर एक हजार तीन सय छ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर रू एक हजार तीन सय ४५ पु¥याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको ह्विस्कीमा प्रतिलिटर रू एक हजार दुई सय १५ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रू एक हजार दुई सय ५० पु¥याइएको छ ।

जिन र जेनेभाको कच्चा पदार्थको रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर रू दुई सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर प्रतिलिटर रू दुई सय ३५ पु¥याइएको छ । अड्चालीस दशमलव पाँच प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर एक हजार सात सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकोमा प्रतिलिटर रू ५० बढाएर रू एक हजार आठ सय पु¥याइएको छ ।

त्यस्तै, ४२ दशमलव आठ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार तीन सय छ बाट बढाएर रू एक हजार तीन सय ४५ पु¥याइएको छ । उन्चालीस दशमलव ९४ प्रतिशत अल्कोहल भएको जिनमा प्रतिलिटर रू एक हजार दुई सय १५ बाट बढेर रू एक हजार दुई सय ५० पु¥याइएको छ ।

मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुङ्गामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पु¥याइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?