National life

अभिकर्ता कमिशन बापत जीवन बीमा कम्पनीले खर्चिए ९ अर्ब ८५ करोड रुपैयाँ, कुनले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
1.5kShares
अभिकर्ता कमिशन बापत जीवन बीमा कम्पनीले खर्चिए ९ अर्ब ८५ करोड रुपैयाँ, कुनले कति ?
ncell

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बीमा अभिकर्ताहरूलाई कमिशन बापत ९ अर्ब ८५ करोड रुपैयाँ खर्चिएका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार उल्लेखित रकम बराबर कमिशन बापत खर्चिएको देखिएको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीहरूले ८ अर्ब ९४ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । चालु आर्थिक वर्षको कमिशन र गत वर्ष कम्पनीहरूले वितरण गरेको कमिशनको तुलना गर्दा गत वर्षको भन्दा कम्पनीले चालु आर्थिक वर्षमा बीमा अभिकर्ताहरूलाई दिने अभिकर्ता कमिशन १० दशमलव ५० प्रतिशतले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तेस्रो त्रैमाससम्मको विवरण अनुसार चैत मसान्तसम्ममा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यस अवधिमा कम्पनीले दुई अर्ब ४१ करोड रुपैयाँ अभिकर्ता कमिशन खर्चिएको छ। गत वर्षको सोही सोही अवधिमा दुई अर्ब १९ करोड रुपैयाँ कमिशन खर्चिएको थियो । गत वर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन १० प्रतिशतले बढेको हो

त्यस्तै, दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स र तेस्रो स्थानमा हिमालयन लाइफ कम्पनी रहेको छ । चैत मसान्तसम्मको अवधिमा क्रमशः नेशनल लाइफले १ अर्ब ४८ करोड रुपैयाँ  बीमा अभिकर्ताका लागि कमिशन स्वरुप खर्चिएका छन् । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६१ करोड रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएका थिए ।

त्यस्तै, हिमालयन लाइफ कम्पनीले गत वर्षको सोही अवधिमा ९९ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो। यस अवधिमा सिटिजन लाइफले ४७ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४६ करोड ८८ लाख रुपैयाँ, मेट लाइफले ३७ करोड १९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३५ करोड ९१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३४ करोड रुपैयाँ खर्चिएको छ ।

यता, वृद्धिदरको आधारमा भने गत वर्षको तुलनामा नेशनल लाइफले अभिकर्ता कमीशनमा बढी खर्चिएको देखिएको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिमा गत वर्षको तुलनामा २७ प्रतिशतले अभिकर्ता कमिशन खर्चिएको छ।

कम्पनीहरूले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार तेस्रो त्रैमाससम्मा एलआईसी नेपालले ९८ करोड ६४ लाख रुपैयाँ, सूर्य ज्योति लाइफले ६६ करोड ३२ लाख रुपैयाँ, एशियन लाइफले ५३ करोड ७७ लाख रुपैयाँ, आइएमई लाइफले ३३ करोड रुपैयाँ, सन नेपाल लाइफले २८ करोड रुपैयाँ कमिशनमा खर्चिएका छन् ।

त्यस्तै, सन नेपाल लाइफले गत वर्षको तुलनामा २५ प्रतिशत, सूर्य ज्योति लाइफले १४ प्रतिशत, सिटिजन लाइफले १० प्रतिशतले अभिकर्ता कमिशनमा खर्चिएका छन् भने सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले १४ करोड रुपैयाँ खर्चिएको विवरणमा उल्लेख छ ।

तालिकामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?