National life

तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ मंसिर २०८१, शनिबार
985Shares
तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
ncell

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमती लामबगर शान्तिटोल गेट नजिकै बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र नुवाकोटकै तादी गाउँपालिका–१ का ५८ वर्षीया सुन्तरी ओझा छन् ।

उनीहरू शनिबार बिहान बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेपछि गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, बसका सह–चालक पनि बसबाट खसेर घाइते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चालक भने फरार छन् ।

यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?