National life

दुई अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्दै राष्ट्रिय वाणिज्य बैंक,सर्वसाधारणलाई कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
760Shares
दुई अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्दै राष्ट्रिय वाणिज्य बैंक,सर्वसाधारणलाई कति ?
ncell

काठमाडौँ । आगामी महिना वैशाख ७ गतेदेखि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको ‘‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले निष्कासन गर्ने कुल ऋणपत्र मध्येमा ४० प्रतिशत अर्थात् १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् १५ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने भएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ। यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २१ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?