National life

दोस्रो सेयर बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.3kShares
दोस्रो सेयर बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु
ncell

काठमाडौं । दोस्रो (सेकेन्डरी) सेयर बजारमा कारोबार गर्दा लगानीकर्ता निकै सचेत र योजनाबद्ध हुनुपर्छ । दोस्रोमा सेयर किन्दा अझ बढी ध्यान सेयर किनेपछि दिनुपर्छ ।

कुनै कम्पनीको सेयर किन्दा हामी दैनिक उक्त कम्पनीको सेयरले धितोपत्र बजारमा कस्तो प्रदर्शन गरिरहेको भन्ने कुरा पनि गहन ढंगले अध्ययन गर्नुपर्छ । साथै, सो कम्पनीको त्रैमासिक वित्तीय विवरण पनि नियाल्नुपर्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हरेका दिन दोस्रो बजारमा आफूले किनेको सेयर भाउ कतिमा कारोबार भइरहेको छ, मूल्य कति बढ्यो र घट्योजस्ता विषयलाई ध्यान पनि दिनुपर्छ ।

दोस्रो सेयर बजारमा कारोबार गर्दा मुख्यतः लगानीको उद्देश्य छान्ने, कम्पनीको छनोट गर्ने लगायतका विषयलाई वस्तुगत ढंगले बुझ्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने मुख्य १० कुराहरुः

१. कम्पनीको आधारभूत विश्लेषण

सेयर किन्नुअघि कम्पनीको नाफा, घाटा, वार्षिक प्रतिवेदन, व्यवस्थापन क्षमता र भविष्यको सम्भावना राम्रोसँग अध्ययन गर्नुपर्छ ।

२. बजारको ट्रेन्ड

समग्र बजार बढ्दो वा घट्दो छ भन्ने बुझेर मात्र निर्णय लिनुपर्छ ।

३. जोखिम व्यवस्थापन

सबै पैसा एउटै सेयरमा नलगाई विविधिकरण गर्नु सुरक्षित हुन्छ ।

४. लगानीको उद्देश्य स्पष्ट राख्नु

छोटो अवधि वा दीर्घकालीन कुन उद्देश्य हो भन्ने स्पष्ट हुनुपर्छ ।

५. हल्ला र अफवाहबाट बच्नु

सोसल मिडिया वा हल्लाको भरमा सेयर किनबेच गर्नु जोखिमपूर्ण हुन्छ ।

६. प्राविधिक विश्लेषण

सेयरको चार्ट, सपोर्ट–रेजिस्टेन्स, भोल्युम आदि बुझेर प्रवेश र निस्कने समय तय गर्नुपर्छ ।

७. धैर्य र अनुशासन

भावनामा आएर डर वा लोभले निर्णय नगरी धैर्यपूर्वक योजना अनुसार चल्नुपर्छ ।

८. तरलता हेर्नु

किन्ने सेयर सजिलै बेच्न सकिन्छ कि सकिँदैन भन्ने पनि ध्यान दिनुपर्छ ।

९. लगानी गर्न सक्ने मात्र पैसा प्रयोग गर्नु

दैनिक जीवनमा आवश्यक पर्ने पैसा सेयर बजारमा लगानी गर्नु हुँदैन ।

१०. बजार समाचार र नीतिगत परिवर्तनमा अपडेट रहनु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सम्बन्धी नीति, अर्थतन्त्र र बैंक ब्याजदर जस्ता कुरामा ध्यान दिनुपर्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?