National life

नेप्सेमा साढे ४८ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
1.3kShares
नेप्सेमा साढे ४८ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा साढे ४८ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म ४८ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।

जसमा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ६ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब २५ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर र ९२ करोड ५० लाख रुपैयाँबराबरको एफपीओ रहेका छन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डले सो अवधिसम्म २१ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमा ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर रहेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?