National life

धितोपत्रको प्राथमिक बजारमा ६० अर्बभन्दा बढीको पुँजी परिचालन गर्न स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
769Shares
धितोपत्रको प्राथमिक बजारमा ६० अर्बभन्दा बढीको पुँजी परिचालन गर्न स्वीकृति
ncell

काठमाडौं – धितोपत्र प्राथमिक बजारमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म पुँजी परिचालन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उल्लेख्य रुपमा स्वीकृति दिएको छ। बोर्डको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष ०८२/८३ को वैशाख मसान्तसम्म कुल ५० वटा सङ्गठित संस्थाहरूलाई ६० अर्ब ६८ करोड २२ लाख बराबरको पुँजी परिचालन स्वीकृति प्रदान गरिएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ४५ वटा संस्थालाई ४३ अर्ब ४५ करोड बराबरको निष्कासन स्वीकृति दिइएको थियो। यस वर्ष पुँजी परिचालनको समग्र आकार बढेको देखिन्छ। समीक्षा अवधिमा बोर्डले विभिन्न उपकरणहरू मार्फत बजारमा पुँजी संकलनको अनुमति दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस वर्ष बोर्डबाट स्वीकृति पाएका कुल संस्थाहरूमध्ये साधारण शेयर (आइपिओ) तर्फ आठवटा संस्थालाई २ अर्ब २३ करोड बराबरको निष्कासन अनुमति दिइएको छ भने वैशाख मसान्तसम्म कुल ९ अर्ब ११ करोड ८७ लाखको साधारण शेयर परिचालन भएको छ।

त्यस्तै, हकप्रद शेयरतर्फ १३ वटा संस्थालाई १३ अर्ब ५१ करोड बराबरको निष्कासन अनुमति दिइएकोमा वैशाख मसान्तसम्म कुल ४ अर्ब ९४ करोड ९८ लाख परिचालन भएको छ भने थप शेयर निष्कासन (एफपिओ) तर्फ चारवटा संस्थालाई १० करोड ७३ लाख बराबरको अनुमति प्राप्त भएको छ।

यसैगरी, ऋणपत्र र सामूहिक लगानी योजना (म्युचुअल फन्ड) तर्फ पनि बजार पनि विस्तार भएको छ। प्रतिवेदन अनुसार पाँचवटा कम्पनीलाई १५ अर्ब ८० करोड बराबरको ऋणपत्र निष्कासन अनुमति दिइएको छ भने अन्य १५ वटा सामूहिक लगानी योजनालाई ११ अर्ब ८० करोड बराबरको एकाइ निष्कासनको अनुमति प्राप्त भएको छ।

विगतका वर्षहरूको तुलनात्मक अध्ययन गर्दा पुँजी परिचालनको कुल अवस्था आर्थिक वर्ष ०७७/७८ मा १ खर्ब ८ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७९/८० मा ९७ अर्ब ७० करोड २३ लाख पुगेको थियो। चालु वर्ष ६ अर्बभन्दा बढीले संकुचित भए पनि उपकरणगत विविधीकरण भने बढेको देखिन्छ।

विशेषगरी चालु आर्थिक वर्ष ०८२/८३ मा विगतका वर्षहरूमा शून्य रहेको अविमोच्य अंसचिति अग्रवाधिकार शेयरमार्फत् पहिलोपटक १६ अर्ब ८५ करोड बराबरको पुँजी परिचालन भएको तथ्याङ्कले देखाउँछ। समग्रमा, पुँजी परिचालन गर्ने सङ्गठित संस्थाहरूको सङ्ख्या आर्थिक वर्ष ०७९/८० मा ८३ सम्म पुगेकोमा गत वर्ष ५६ र चालु वर्षको वैशाख मसान्तसम्म ५० कायम भएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ।


यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?