National life

नेपाल बिमा प्राधिकरणले आजै अध्यक्ष पाउने, यी तीन मध्ये कसले मार्लान् बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
769Shares
नेपाल बिमा प्राधिकरणले आजै अध्यक्ष पाउने, यी तीन मध्ये कसले मार्लान् बाजी ?
ncell

काठमाडौँ। नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि शरद ओझा सहित ३ जनाको नाम सिफारिस भएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस गरेको हो। सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।

‘सर्टलिस्ट’ मा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका थिए ।  सरकारले अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको बैठकले  उल्लेखित ५ जनाको नाम ‘सर्टलिस्ट’मा पारेको थियो।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए। आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ । उक्त बैठकले सिफारिस समितिले पठाएको यी ३ मध्ये १ जनालाई अध्यक्ष बनाउने छ । निर्वाचित अध्यक्षले ४ वर्षका लागि काम गर्नेछन् ।

अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने कानुनी प्रावधान छ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?