National life

पार्टीकै नेता वा पूर्वप्रधानमन्त्री जोसुकै मुछिए पनि भ्रष्टाचारका ठूला फाइल खोल्नुपर्छ : गगन थापा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
495Shares
पार्टीकै नेता वा पूर्वप्रधानमन्त्री जोसुकै मुछिए पनि भ्रष्टाचारका ठूला फाइल खोल्नुपर्छ : गगन थापा
ncell

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीकै नेता वा पूर्वप्रधानमन्त्री जोसुकै मुछिए पनि भ्रष्टाचारका ठूला फाइल खोल्नु पर्ने बताएका छन् । उनले गिरीबन्धु टी स्टेटदेखि लडाकु शिविरको घोटाला छानबिनका लागि कांग्रेसले दबाब दिनुपर्ने बताए । कांग्रेस शिवसताक्षी नगर सम्मेलनलाई आइतवार झापामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्ताे बताएका हुन् ।

महामन्त्री थापाले मिलेमोतोमा भ्रष्टाचारका फाइल ढाकछोप गरिएको आरोप लगाए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले पार्टीकै नेता परे पनि ठूला भ्रष्टाचारका काण्डको छानबिन रोक्न नहुने बताए ।

उनले भने, ‘एउटाले भन्छ–म सुन काण्डको भ्रष्टाचारको छानबिन गर्छु । अर्कोले ठूला कुरा गर्छ– गिरीस्टेटको फाइल खोल्छु । अर्कोले– तेरो शिविरको खोल्दिन्छु भन्छ । अर्कोले भन्छ मिलेर कसैको नखोलौ, त्यसो गर्न पाइन्छ ? पाइँदैन । कांग्रेसले भन्ने कुरा चाँहि त्यो यति ओम्नी, चाहे गिरीबन्धु, ललिता या चाहे शिविर जुनसकै घोटलाको फाइल खोलिनुपर्छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?